कालिञ्चोक गाउँपालिका, गाउँ सभा पन्ध्रौं अधिवेशन कालिञ्चोक गाउँपालिका अध्यक्ष श्री अर्जुन प्रसाद शिवाकोटीज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त अधिवेशनमा कालिञ्चोक गाउँपालिकाको
-आ.व. २०८१/८२ को हाल सम्मको आय व्यय प्रस्तुत
-आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत
-आ.व. २०८२/८३ को आर्थिक ऐन तथा विनियोजन विधेयक पेश
-आ.व. २०८१/८२ को न्यायिक समितिको प्रतिवेदन प्रस्तुत
भएको छ ।
ताजा समाचार
ग्यालरी
कालिञ्चोक गाउँपालिकाको आयोजना तथा कालिनाग माध्यमिक विद्यालयको व्यवस्थापनमा कार्तिक ९-१२,२०८१ मा सञ्चालित "छैटौं कालिञ्चोक गाउँपालिका अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१"
प्रथमः कालिनाग माध्यमिक विद्यालय,सिंगटी
द्वितियः कालिनाग माध्यमिक विद्यालय,सुनखानी,
तृतियःजल्पाश्वरी माध्यमिक विद्यालय
र यस प्रतियोगितामा आफ्नो सहभागिता जनाई उत्कृष्ट खेल पस्कदै विभिन्न विधामा स्थान हासिल गर्न सफल विद्यालय,विधार्थिलाई हार्दिक बधाई
कालिञ्चोक गाउँपालिका वडा नं. ९ मा विजया दशमी तथा शुभ-दिपावलीको अवसरमा सुन्द्रावती खेलकुद विकास समिति, सुन्द्रावती युवा सञ्जाल र नव प्रतिभा युवा क्लबको संयुक्त आयोजना साथै वडा नं.९ को प्रायोजनमा आयोजित "प्रथम वडा अध्यक्ष कप" कालिञ्चोक गाउँपालिका र भिमेश्वर नगरपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता (२२-२४ असोज) श्री अर्जुन प्रसाद शिवाकोटी कालिञ्चोक गाउँपालिकाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जसमा प्रथम,दितिय र तृतिय स्थान क्रमश कालिञ्चोक गाउँपालिका वडा नं. ८, कालिञ्चोक गा.पा वडा नं. ३ र भिमेश्वर नगरपालिका वडा नं.
कालिञ्चोक गाउँपालिकाको आयोजना, को संयोजन र कालिनाग मा.वि., सुनखानीको व्यवस्थापनमा मिति २०८१्०२्१९ गते देखि २१ गते सम्म भएको "शैक्षिक सुधार कार्यक्रम-२०८१" अन्तर्गत शिक्षक तालिम/शैक्षिक बहस कार्यक्रममा विभिन्न शैक्षिक विषयमा छलफल भएको छ । विशेष अतिथि वरिष्ठ शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाज्यूले उक्त तिन दिने कार्यक्रममा विभिन्न शैक्षिक विषयमा कसरी सहजिकरण गर्ने, बालबालिका,शिक्षक र अभिभावक बिचको दुरि कसरी मेटाउदै सम्बन्ध सुदृढ गर्ने र शैक्षिक स्तर कसरि विकास गर्न सकिन्छ जस्ता विषयमा बोल्नुभयो ।
पशुपति चौलागाईं फाउन्डेसनद्धारा आयोजित प्रथम पशुपति चौलागाई स्मृति कप-२०८१ (दोलखा जिल्ला अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता) मा कालिञ्चोक गाउँपालिकाको टिम सहभागि भई , १२ वटा सहभागि टिममा प्रथम हुन सफल भएको छ । उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी कालिञ्चोक गाउँपालिकाको सुकदेव शिवाकोटी हुनुभयो भने, उत्कृष्ट लिफ्टर हरिवंश बुढाथोकी हुन सफल हुनुभएको छ ।
Pages
सेवाहरु















