FAQs Complain Problems

कालिन्चोक गाउँपालिकामा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघ संस्था संगको प्रगति समिक्षा कार्यक्रम सम्पन्न

आज मिति २०७५ साल पौष ११ गतेका दिन यस कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष श्री कालिका पाठकको अध्यक्षतामा यस पालिकामा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर - सरकारी संघ संस्थाको प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरियो । 
‌यहाँ कार्यरत विभिन्न ७ वटा सिविन नेपाल, सिडिएफ नेपाल, सेवक नेपाल, ग्रामिण विकास टुकि संघ, NCDC दोलखा, न्याय हेल्थ दोलखा, NSET बलियो घर लगायतका संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 
‌सो कार्यक्रममा ती संस्थाहरुको कार्यक्रम विवरण, कार्यक्षेत्र, छुट्टाइएको बजेट, उपलब्धि/सफलता, चुनौती, समस्या, सुझाव साथै भावी योजना तथा कार्यक्रमका बारेमा छलफल सम्पन्न गरियो ।
‌साथै आगामी दिनमा कार्यक्रम सन्चलन गर्दा गाउँपालिका सग सहकार्य गरि गाउँपलिकाका कार्यक्रमहरु सग नजुधने किसिमले कार्यक्रम संचालन गर्न सुझाव दिइयो ।

आर्थिक वर्ष: