ताजा समाचार
प्रथम वडा अध्यक्ष कप-२०८१
कालिञ्चोक गाउँपालिका वडा नं. ९ मा विजया दशमी तथा शुभ-दिपावलीको अवसरमा सुन्द्रावती खेलकुद विकास समिति, सुन्द्रावती युवा सञ्जाल र नव प्रतिभा युवा क्लबको संयुक्त आयोजना साथै वडा नं.९ को प्रायोजनमा आयोजित "प्रथम वडा अध्यक्ष कप" कालिञ्चोक गाउँपालिका र भिमेश्वर नगरपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता (२२-२४ असोज) श्री अर्जुन प्रसाद शिवाकोटी कालिञ्चोक गाउँपालिकाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जसमा प्रथम,दितिय र तृतिय स्थान क्रमश कालिञ्चोक गाउँपालिका वडा नं. ८, कालिञ्चोक गा.पा वडा नं. ३ र भिमेश्वर नगरपालिका वडा नं. १ हुन सफल भएको छ । प्रथम, दितिय र तृतिय हुने टिमले क्रमश रु ३५,०००, रु२५,००० र रु १५,००० साथै शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्।
आर्थिक वर्ष:
सेवाहरु















