ताजा समाचार
कालिन्चोक गाउँपालिकाको संक्षिप्त चिनारी
बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका नेपालको संबिधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम गरिएको एक भौगोलिक तथा प्रशासनिक इकाई हो| दोलखा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोक भगवतिको नामबाट नामकरण गरिएको यस गाउँपालिकामा जम्मा ९ वटा वडाहरु रहेका छन् | नेपालको संघीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचानामा स्थानीय तहको नयाँ सीमांकन गर्दा यो गाउँपालिका ६ वटा साविकका गाविसहरु ( कालिन्चोक, लापिलाङ, बाबरे, सुनखानी, लामीडाडा र सुन्द्रावतीबाट रुपान्तरण भइ स्थापना भएको हो |
यस गाउँपालिकाको सिमाना पूर्वमा गौरीशंकर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा बिगु गाउँपालिका र दक्षिणमा यसै जिल्लाको भिमेश्वर नगरपालिका रहेको छ | दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट १६ कि.मि. उत्तरमा १३२.४९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ | जनगणना २०११ को तथ्यांक अनुसार पुरुष ८,८४६ र महिला ९,६०३ गरि जम्मा जनसंख्या २२९५४ रहेको छ| सोही जनगणना अनुरुप यस गाउँपालिकाको जम्मा घरधुरी संख्या ४,४१८ , जनघनत्व २८ प्रति वर्ग कि.मि. र औसत घरधुरी आकार ४.२ रहेको पाइन्छ| कालिन्चोक गाउँपालिका दोलखा जिल्लाको उत्तरी भूभागमा रहेको गाउँपालिका हो |
सेवाहरु















