ताजा समाचार
कालिञ्चोक गाउँपालिका, गाउँ सभा पन्ध्रौं अधिवेशन
कालिञ्चोक गाउँपालिका, गाउँ सभा पन्ध्रौं अधिवेशन कालिञ्चोक गाउँपालिका अध्यक्ष श्री अर्जुन प्रसाद शिवाकोटीज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त अधिवेशनमा कालिञ्चोक गाउँपालिकाको
-आ.व. २०८१/८२ को हाल सम्मको आय व्यय प्रस्तुत
-आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत
-आ.व. २०८२/८३ को आर्थिक ऐन तथा विनियोजन विधेयक पेश
-आ.व. २०८१/८२ को न्यायिक समितिको प्रतिवेदन प्रस्तुत
भएको छ ।
आगामी आर्थिक वर्षको लागि संघ तर्फको ४२ करोड ११ लाख, प्रदेश सरकार अन्तर्गतको ८ करोड ३९ लाख ८८ हजार, वित्तीय समानीकरण अनुदान तर्फ १२ करोड ५५ लाख, सशर्त अनुदान चालु तर्फ २७ करोड ५३ लाख, सशर्त अनुदान पुँजीगत तर्फ ३१ लाख, समपूरक अनुदान तर्फ १ करोड ४० लाख र विशेष अनुदान तर्फ ६८ लाख बजेट विनियोजन छ ।
त्यसै गरी बागमती प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान १ करोड ३० लाख, सशर्त अनुदान चालु तर्फ २ करोड २७ लाख, सशर्त अनुदान पुँजीगत तर्फ ६५ लाख, समपूरक अनुदान तर्फ ३ करोड ४२ लाख र विशेष अनुदान तर्फ ७५ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै राजस्व बाँडफाँड संघिय सरकारतर्फ अनुमानित ९ करोड, प्रदेश सरकारतर्फ अनुमानित ३ करोड ४० लाख, स्थानीय राजस्व बाँडफाँड तर्फ ४८ लाख, आन्तरिक राजस्व तर्फ ३८ लाख र अन्य तर्फ २ करोड गरी जम्मा ६५ करोड ७६ लाख ८८ हजार बजेट सभामा प्रस्तुत भएको छ।
आर्थिक वर्ष:
सेवाहरु















